विद्यालयमा बम पड्काउने थप तीन जनाको पहिचान हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुरसहित नाकामा चेक
४ असोज, काठमाडौं । मंगलकाठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले मंगलबार बिहान पक्राउ परेका दुईजना बाहेक थप तीन जनाको पहिचान भएको अनलाइनखबरलाई जानकारी दिए । तर, पहिचान भएका भनिएकाहरुलाई भने प्रहरीले पक्राउ गरेको छैन ।
‘विद्यालयमा आतंक सिर्जना गरेर पैसा असुल्न खोज्ने समूहले बम विष्फोट गराएको हो । तिनीहरुको पहिचान भैसकेको छ । छिट्टै पक्राउ पर्छन्,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।
नाकामा तालिम प्राप्त कुकुर परिचालन
राजनीतिको नाममा आतंक सिर्जना गरेर पैसा असुल गर्ने समूहले बम विष्फोट गराएकाले कारवाहीको दायरामा ल्याउन कडाइका साथ अनुसन्धान भैरहेको एसपी कार्कीले बताए ।
वार बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने थप तीन जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले काठमाडौं उपत्यकाका छिर्ने नाका र मानिसहरुको बढी भिडभाड हुने स्थानहरुमा सुरक्षा निगरानी बढाएको छ । प्रहरीहरु विशेष तालिमप्राप्त कुकुरसहित परिचालित छन् । उनीहरुले सार्बजनिक सवारी साधन तथा शंकास्पद स्थानमा कुकुरसहित खोजी अभियानलाई जारी राखेका छन् ।
काठमाडौं छिर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुरसहित उपत्यका छिर्ने र बाहिरीने सवारी साधनहरुमा जाँच भैरहेको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले बताए ।
‘हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुरसहित हामी अहिले थानकोट नाकामा चेक गर्दैछौं,’ डीएसपी पंगेनीले भने ।
मंगलबार बिहान भएको घटनामा संलग्न अभियुक्तहरुलाई लक्षित गरी उपत्यका छिर्ने नाकाहरुमा प्रहरी उपस्थिति बलियो बनाइएको डिएसपी पंगेनीले बताए ।
होटलमा छापा, बसपार्कमा पनि निगरानी
त्यस्तै नयाँबसपार्क क्षेत्रका होटलहरुमा पनि प्रहरीले छापा मारेको छ ।
एसपी कार्कीले भने, ‘नयाँ बसपार्क क्षेत्रका होटल तथा बसपार्कभित्र पनि तालिमप्राप्त कुुकुरको सहयोगमा कडारुपमा चेकजाँच भैरहेको छ ।’
थानकोट, नयाँ बसपार्क, बालाजु, फर्पिङ लगायतका क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
त्यसो त काठमाडौंका हरेक वृत्तका प्रहरीलाई मोटरसाइकलमा पनि परिचालन गरिएको छ । एउटा वृत्तबाट ६ देखि ७ वटा मोटरसाइकलमा प्रहरीहरु परिचालन भएका छन् । विषेश गरी कलेज, विद्यालय तथा व्यापरिक क्षेत्रमा निगरानी बढाइएको छ ।
त्यस्तै अपराध महाशाखा, काठमाडौं परिसर र वृत्तहरुबाट पनि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।
0 comments