चर्चाका लागि आफ्नो हट भिडियो आफै सार्वजनिक गरेको पूनमको खुलासा
लामो समयदेखि चर्चा विहिन बनेकी मोडल तथा नायिका पूनम पाण्डे एक भिडियोका कारण चर्चामा आएकी छिन् । पूनम पाण्डे अभिनित छोटो चलचित्र ‘द विकेन्ड’को केही अन्तरंग दृश्य इन्टरनेटमा लीक भएको छ । सोही भिडियोका कारण अहिले पूनम मिडियामा छाएकी छिन् । चलचित्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पूनमले यो भिडियो आफूले चर्चामा आउनका लागि नै सार्वजनिक गरेको बताइन् ।
पूनमले भनिन्-‘म कुनै कपुर खानदानबाट आएकी होइन ।
यसैले कन्ट्रोवर्सीको छोटो बाटो रोजेकी हुँ ।’ पूनमलाई लाग्छ कि मिडियाले उनलाई छोटो कपडा र विवादित बयानका कारण चर्चामा ल्याइदिएको छ । उनले आफूले गरेको कामलाई सही पनि बताएकी छिन् ।
आफू यो स्थानमा आफ्नै बलले पुगेको भन्दै यी हट सुन्दरीले चर्चा पाउनका लागि नै विभिन्न हर्कत गरेको बताइन् । पूनमले अगाडि भनिन्-‘विश्वकपमा नांगिनेदेखि आजसम्म जती पनि कन्ट्रोवर्सी मैले गरेको छु, त्यो सोचेरै गरेकी हुँ । मानिस मलाई यस्तो हर्कत किन गर्छौ भनेर सोध्छन् । यो मेरो मर्जीको कुरा हो ।’ पूनमले आफ्नो नयाँ छोटो चलचित्र कुनै पोर्न मुभी नभएको पनि बताइन् । तर, आफू भएपछि केही हट भने हुने उनको धारणा छ ।
0 comments