दिउँसो एक घण्टा भन्दा बढी सुत्नेलाई मधुमेहको जोखिम !
३१ भदौ, काठमाडौं । दिनमा एक घण्टा भन्दा बढीको सुताई ‘टाइप २ मधुमेह’को संकेत हुन सक्ने नयाँ अध्ययनले देखाएको छ ।
बीबीसीले दिएको जानकारी अनुसार जापानी शोधकर्ताहरुको समूहले झण्डै तीन लाख मानिसमा गरेको अवलोकनीय अध्ययन पश्चात्त यी दुई बीचको सम्बन्ध फेला पारेको थियो ।
हाइपरग्लिसेमिया भनेर चिनिने टाइप २ मधुमेह, इन्सुलिन प्रतिरोध मधुमेहको सबैभन्दा साधारण प्रकार हो ।
बेलायती विशेषज्ञहरुका अनुसार दीर्घकालीन रोग भएका मानिस तथा मधुमेह रोग पत्ता नलागेका मानिस दिउँसोको समयमा अक्सर थकान महसुस गर्छन् । तर उक्त सुताइले मधुमेहको जोखिम बढाउने वा मधुमेह गराउने कुनै प्रमाण नभेटिएको उनीहरुको भनाई छ ।
जापानस्थित टोकियो विश्वविद्यालयका शोधकर्ताहरुद्धारा गरिएको उक्त अध्ययनलेे दिउँसो नसुत्ने मानिसको तुलनामा ६० मिनेट भन्दा बढी समयसम्म सुत्ने मानिस र ४५ प्रतिशत टाइप २ मधुमेहको बीच सम्बन्ध फेला पारेको थियो जुन ४० मिनेट भन्दा कमको सुत्ने मानिसमा नभेटिएको उनीहरु बताउँछन् ।
शोधकर्ताहरुका अनुसार लामो समयसम्मको सुताइ निद्रामा देखिएको गडबढीको कारणले पनि हुनसक्छ ।
यसले हृदयघात, स्ट्रोक, मुटु रोग लगायत टाइप २ मधुमेह सहित अन्य रोगको जोखिमसमेत बढाउन सक्छ ।
निद्राको गडबढी, सामाजिक जीवनशैली तथा व्यस्त जीवनले पनि टाइप २ मधुमेहको जोखिम बढाउन सक्छ । तर यसका बाबजुद यो पनि सम्भावना छ कि जो मानिस कम स्वस्थ्य छ तथा मधुमेहको प्रारम्भिक चरणमा छन्, उनीहरु दिउँसोको समयमा धेरै सामयसम्म सुत्न रुचाउँछन् ।
त्यसको विपरित थोरै समयको सुताईले शरीरमा सतर्कता तथा स्फुर्तीको वृद्धि गराउने लेखक बताउँछन् ।
ग्लासगो विश्वविद्यालयस्थित मेटाबोलिक मेडिसिनका प्रोफेसर नभीर सत्तरले भने, ‘जुन कारकतत्वले मधुमेहको जोखिम बढाउँछ, त्यसले दिउँसो निद्रा पनि लगाउँछ । यसमा चिनीको मात्रामा केही धेरै हुनसक्छ, अर्थात दिउँसोको सुताई प्रारम्भिक चरणको मधुमेहको चेतावनी पनि हुनसक्छ ।’
तथापी उनले यो पनि भनेका छन् कि यसको परिक्षण गर्न ‘वास्तविक स्वास्थ्य परिक्षण’ गर्नु उत्तिकै आवश्यक छ ।
त्यस्तै, अक्सफोर्ड विश्वविद्यालयस्थित क्यान्सर महामारी इकाइका डा. बञ्जामिन केरन्सले यसबाट आएको नतिजालाई सावधानीपूर्वक अपनाइनुपर्ने बताएका छन् । ‘सामान्यतः अवलोकनीय अध्ययनका आधारमा कारण तथा प्रभावका बारे निष्कर्ष निकाल्नु उचित हुँदैन किनकी प्रायजसोः उनीहरुले आˆनो शोधको बैकल्पिक व्याखा गर्न सकिरहेका हुदैनन् ।’
म्युनिखमा गरिने मधुमेहको अध्ययनका लागि हाल युरोपेली संघको एक सभामा यो अध्ययन प्रस्तुत भैरहेको छ ।
(यो शोध अझै पनि अध्ययनकै क्रममा रहेकाले यसलाई अन्तिम निष्कर्षको रुप दिन मिल्दैन । यसबारे चिकित्सकको सल्लाह नै उपयुक्त हुन्छ ।)
0 comments