फिल्म ‘छक्कापञ्जा’का निर्माता दिपक र दिपाले सरकार र दर्शक छल्न खोजेको यस्तो आरोप - see more

काठमाडौं – चर्चित हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला लगाएतले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा’ले अहिले सुपर डुपर हितको ब्यापार गरिरहेको छ । 

फिल्म लागेको २ हप्ता भैसक्दा पनि हलहरु खचाखच भरिएका छन् । फिल्मले दर्शकको लहर राम्रैसँग तानेको छ । तर फिल्मको कमाइ लुकाउन दीपक र दीपाले गर्नुसम्मको कीर्ते काम गरेको खुलासा हुँदै गएको छ । काठमाडौँका सिनेमाहलहरुमा राम्रो कलेक्सन गरेको ‘छक्कापञ्जा’ कमाइ पूरै नदेखाएर राज्यलाई कर छल्ने तयारीमा दीपक र दीपा सक्रिय भएको एक गोप्य स्रोतले जनाएको छ । 

यो जोडीले फिल्म हल सञ्चालकहरूलाई फोन गरेर र भेटेरै कलेक्सन भएको रकमको बास्तविकता बाहिर नल्याउन भन्दै दबाब दिइरहेको कुरा बाहिर आएको छ । फिल्मको पब्लिसिटीमा थुप्रै खर्च गर्न भ्याएका दीपक र दीपाको खुट्टा अहिले भुइँमा छैन । 

फिल्म चलेपछि उनीहरूको खुसीको सीमा नरहनु स्वभाविक हो । फिल्म देखाउन दीपक र दीपाको जोडीले एमालेका अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूलाई फिल्म हलसम्म पु-याएको थियो । यसले पनि ‘छक्कापञ्जा’को राम्रै प्रचार प्रसार भयो । 

फिल्ममा दीपकराज गिरि, बुद्धि तामाङ ;हैट’, जितु नेपाल ‘मुन्द्रे’, शिबहरि पौडेल ‘प्वाक्क मुखमा हान्नु जस्तो’, केदार घिमिरे ‘माग्ने बुदो’, प्रियंका कार्की लगायत कलाकारहरूको अभियन रहेको छ । यस चलचित्रको निर्देशन भने दिपाश्री निरौलाले गरिकी हुन् । हुन त राज्यलाई कर छल्ने बानि नै परिसकेका नेपाली फिल्मका कलाकार र निर्माताहरूको व्यवहार फिल्म राम्रो चल्दा पनि सुधार नहुनुमा राज्यको नीति नियम कमजोर रहेको आरोप छ ।

नेपालको कानुनको यही कमजोरीलाई टेक्दै दिपकराज गिरि र दिपाले राज्यलाई तिर्नुपर्ने कर छल्न खोजेको आरोप उनीहरुलाई लागेको छ । देशभर राम्रो दर्शकको राम्रो माया पाईएको ‘छक्कापञ्जा’ले राम्रो कलेक्सन गरेको भएपनि फिल्मले हालसम्म कति कमाइ ग-यो भन्ने जानकारी सरकार र दर्शकलाई के दिनु पर्दैन भन्ने उनीहरुमाथि आलोचनात्मक प्रश्नहरु उठ्न थालेका छन् ।

, ,

0 comments