प्रेमीको ऋण तिर्नको लागि प्रेमिकाले अपहरणको नाटक गरेपछि…see more


ललितपुर– बुधवार दिउँसो छोरीको मोवाईलबाट एसएमएस आयो, ‘बावा म अपहरणमा परेँ, फिरौती रकम चाहियो !’ मायाले ‘सावु’ भनेर बोलाइने छोरी सावित्री खड्काको मोवाईलबाट यस्तो एसएमएस आएपछि उनका बावु छक्क परे । 

एसएमएस पढ्नासाथ बावुले फोन लगातार फोन सम्पर्क गर्न खोजे, तर सावित्रीले मोवाईल स्विच अफ गरिन्, कुरा हुन पाएन । त्यसपछि परिवारका सदस्यहरु आत्तिएर महानगरीय प्रहरी परिसर ललितपुरको सम्पर्कमा पुगे । ‘हामीले गम्भीरतापूर्वक अनुसन्धान थाल्यौं’, महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीले भने, ‘एउटा गेष्ट हाउसबाट सावित्रीलाई पक्राउ गर्न सफल भयौं, प्रेमी प्रेमिकाको मिलेमतोमा अपहरणको नाटक गरिएको रहेछ ।’ सिन्धुपाल्चोकको कर्थली स्थायी घर भएकी सावित्री कर्थली–६ का ‘सिजन’ भन्ने रामचन्द्र खत्रिसँग प्रेम सम्वन्धमा थिईन् । 

ललितपुरको पाटनढोका बस्ने २० वर्षीया सावित्रीले आफ्ना प्रेमी रामचन्द्रको टाउकोमा आईलागेको ऋण तिरीदिनका लागि आफ्नै बावुसँग फिरौती लिने उद्देश्यले सहमतीमा अपहराणमा नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘चक्रपथ चप्पलकारखाना बस्ने बीस वर्षीय रामचन्द्रलाई पनि पक्राउ गरेर सोधपुछ गर्दा दुवैको योजनामा रामचन्द्र खत्रीले आफ्नो ऋण चुक्ता गर्न यस्तो काम गरेको देखियो’ डिएसपी कार्कीले भने, ‘अनावश्यक भ्रम सृजना गरेर समाजमा नकारात्मक असर पारेको हुनाले उनीहरुलाई सार्वजनिक अपराध मुद्धामा अनुसन्धान गरिरहेका छौं ।’ 

यस्तो थियो, सावित्रीको मोवाईलबाट पठाईएको एसएमएस: 

Forwarded from Sis: Helo tero saboti sis lai hamele samateko xa..hamile gadiko 11 jana samateko xau yadi tero sis lai ramro chahanxas vane hamile vaneko jati paisa dinu parxa yadi diyana vane yo nambar tap garis vane pulis lai vanis vane yatauti halla garis vane sim tap garis vane alikati hamile thaha payo vane tero xori voli nai indiako kothima pugxa tesaile batho nabannu hola yadi hamile thaha payo vane tero xori…… - See more at: http://www.ratopati.com/news/81054/#sthash.dIby5ZlE.RfNr8Bgh.dpuf

,

0 comments