प्रचण्डको निजी सचिवालयद्वारा सीता दाहाल माथि भइरहेको आलोचनाको खण्डन - See more

काठमाडाैँ- प्रचण्डको निजि सचिवालयले प्रधानमन्त्री पत्नी सीता दाहालको बारेमा सामाजिक सञ्जालमा भइरहेको आलोचनाको खण्डन गरेको छ । प्रचण्डको आधिकारिक फेसबुक पेज (क. प्रचण्ड) मा स्टाटस लेखेर चर्काे खण्डन गरिएकाे हाे । 


स्टाटसमा लेखिएको छ– ‘ सिता दाहाल नेपाल कै आमा हुन् । आमुल परिवर्तनका लागि लडेका प्रचण्डले सीताको साथ नपाएको भए यो सम्भव थिएन ।’ सँगै खण्डनको वाक्य राखिएको छ ‘एमालेका भाटहरुलाई यो के थाहा तिनीहरु केपी ओलीको बयलगाडामा शैर गर्दै थिए ।’ 

शनिबार साँझ ५ बजेर १२ मिनेट जाँदा फेसबुकमा लेखिएको उक्त स्टाटसमा सीता दाहालले नमस्कार गरेर मुस्कुराई रहेको तस्विर सँगै भारतीय प्रधानमन्त्री मोदि र प्रचण्डसँगै खिचिएका तस्विरहरु पनि राखिएको छ ।

, ,

0 comments