कपिल शर्मामाथि एक हप्ताभित्र अर्को मुद्दा दर्ता - see more
भारतीय हाँस्यकलाकार कपिल शर्माको समस्या घट्नुको सटो बढ्दो छ । उनीमाथि एकपटक पुनः एफआइआर दर्ता भएको छ ।
वर्सोवा पुलिस थानामा नीविरुद्ध दर्ता भएको यो एफआइआर एक हप्ताभित्रको दोस्रो हो । अंधेरीका एक एक्टिभिस्टको तर्फबाट यो एफआइआर दर्ता गराइएको हो । यसमा कपिल शर्मा विरुद्ध पर्यावरण संरक्षण कानूनलाई उल्लंघनको आरोप लागेको छ ।
गत १३ सेप्टम्बरमा बीएमसीले ओशिवरामा कपिल, इरफान र एक निर्मातासमेत अन्य चारमाथि महाराष्ट्र रिजनल टाउन प्लानिङ एक्ट (एमआरटीपी) सन् १९९६ को सेक्सन ५३ (७) लाई उल्लंघन गरेको आरोप लगाएको थियो । यदि बीएमसीको आरोप साबित भए दुबैले एक महिनादेखि तीन वर्षसम्मको सजायँ पाउने सम्भावनाका साथै २ हजारदेखि ५ हजार जरिवाना पनि रहेको छ ।
गत सेप्टम्बर १० तारिखमा एक्टिभिष्टले कपिल र उनका छिमेकीका विरुद्ध वातावरणसँग जोडिएको कानूनलाई उल्लंघन गरेको आरोप लगाएका थिए ।
आरोपपत्रमा उनीहरुले ‘म्यान्ग्रोभ’ नामक रुख काटेको बताइएको छ । शिवाजी चौरे भन्छन्, ‘आरोपमा म्यान्ग्रोभ सेलले कपिलको प्लटमा अतिक्रमणको कुरा गरेको छ । यसलाई आधार बनाएर शनिबार यसविषयमा एफआइआर दर्ता गराइएको छ ।
0 comments