यी राजाका ६० श्रीमतीः खान्छन् म्यान्मारमा, सुत्छन् भारतमा - See more

के तपाईंले कुनै यस्तो ठाउँको बारेमा सुन्नुभएको छ जहाँका मानिसहरु बिना पासपोर्ट र भिजा नै एउटा देशबाट अर्को देशमा जाने गर्दछन् । जहाँका राजा कुनै एउटा देशमा खान्छन् र सुत्नलाई अर्को देश जान्छन् । सायद यस्तो ठाउँ बारे तपाईंलाई थाहा छैन होला ।

भारतमा एउटा यस्तो गाउँछ जहाँ माथि उल्लेखित यी सबै कुरा हुन्छन् । भारतको नागाल्याण्डको लोंगवा गाउँमा कोन्याक जनजाती बसोबास गर्दछन् । वास्तवमा यो गाउँको आधा हिस्सा भारतमा त अर्को हिस्सा म्यान्मारमा छ ।
 यो जनजातीको राजाको नाम अंग नगोवांग हो जसको अधिनमा कूल ७५ गाउँ पर्दछन् । उनको घरको बिचमा म्यानमार र भारतको सीमा पर्दछ । यस्तोमा यी राजाको परिवार खाना म्यान्मारको हिस्सामा खान्छने् भने सुत्दा उनी भारतीय सीमाको उपयोग गर्दछन् । यी राजाको परिवार पनि निकै ठूलो छ जसमा उनका ६० श्रीमती समावेश छन् । उनका एकजना छोरा म्यान्मारका आर्मी हुन् ।

-प्राविधिक कारणले दोहोरो नागरिकताः 

भारत र म्यान्मारको सीमामा भएका कारण यहाँका मानिसहरुलाई प्राविधिक कारणले दुबै देशको नागरिकता दिइएको छ । जसका कारण उनीहरुलाई म्यानमार जानका लागि न त पासपोर्टको आवश्यकता छ न नै भिजा नै चाहिन्छ । यी जनजातीलाई हेड हन्टर्सको नामले पनि चिनिन्छ ।

पहिला यी मानिसहरुले मानिसहरुलाई नै मारेर खाने गर्दथे र टाउको आफूसँगै लिएर जाने गर्दथे । यद्यपी, सन् १९६० को दशक पछि यहाँ हेड हन्टिङ हुँदैन तर उनीहरुले आफ्नो घर मानव खोपडीले सजाएको देख्न सकिन्छ । अन्य जनजातीको तुलनामा यी जनजातीको संख्या निकै धेरै छ । यस्तै, उनीहरु नरगिस भाषा बोल्छन् जुन नागा र आसामी भाषा मिलेर बनेको हुन्छ । -

,

0 comments