पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (हेर्नुस फोटो सहित)

भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकबादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारत क्रुद्ध बनेपछि दुई देशबीच युद्धको बादल मडारिएको छ । दुवै पक्षले आक्रमण र प्रत्याक्रमणको तयारी गरिरहेका छन् । भारतले पाकिस्तानी सीमा क्षेत्रमा घुसेर कारवाही गर्ने चर्चा पनि चलिरहेको छ । उरी आक्रमणपछि पाकिस्तानसँग बदला लिने तयारीमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १ घण्टा वार रुम (युद्ध कक्ष) मा विताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 पाकिस्तानसँग रहेका हतियारः 
जुन देखेर भारत तर्सिन्छः भारत र पाकिस्तान दुवै आणविक हतियारले सुसज्जित देश हुन् । दुवै देशसँग हाराहारीमा हतियार छन् । भारतकै तुलनामा कम हतियार भएपनि पाकिस्तानसँग रहेका कतिपय हतियारका कारण भारत पाकिस्तानसँग तर्सिने गरेको छ । यी हुन् पाकिस्तानसँग रहेका मुख्य हतियारः 

१- शाहीन III मिसाइलः पाकिस्तानसँग रहेको ब्यालेस्टिक मिसाइल उसँग रहेको सबैभन्दा घातक परमाणु हतियार हो । यो मिसाइलले भारतका शहरहरुलाई केही बेरमै खरानीमा परिणत गर्न सक्छ । 

२- बाबर (हत्फVII) मिसाइलः राडारलाई सहजै छल्न सक्ने यो मिसाइलको रेञ्ज ७०० किलोमिटर सम्म छ । यसले भारतका अधिकाँश शहरमा मार हान्न सक्छ । यो हतियार प्रयोग हुँदा डरलाग्दो परमाणु आक्रमणको डरले भारत पाकिस्तानसँग डराउने गरेको विश्लेषकले बताएका छन् । 

३- गजनवी मिसाइलः पाकिस्तान गजनवी मिसाइल जमिन देखि जमिनमा मार हान्न सक्ने हिसाइद्य हो । यसले २९० किलो मिटर सम्म मार हान्न सक्छ । यसको आक्रमणपछि हरेक कुरा खरानीमा परिणत हुने सुरक्षाविद बताउँछन् । 

४- नस्र मिसाइलः पाकिस्तानसँग रहेको नस्र मिसाइल परमाणु हतियारले ६० किलो मिटरको रेन्जमा दुश्मलाई खरानी बनाउने क्षमता राख्छ । 

५- जेएफ17 थण्डर फाइटर बम्बरः पाकिस्तानको हवाइ सेनाको मेरुदण्ड भनिएको जेएफ17 थण्डर फाइटर बम्बरले विभिन्न स्थानमा बम खसाउन सक्छ । यसलाई निक्कै खतरनाक हतियार मानिएको छ । पाकिस्तान र चीन मिलेर यो खतरनाक फाइटर प्लेन तयार पारेका हुन् । 

६- अल खालिद ट्याङ्कः पाकिस्तानी सेनासँग रहेको अल खालिद ट्याङ्क खतरनाक हतियार मानिन्छ । यो हतियार पनि चीन र पाकिस्तान मिलेर तयार पारेका हुन् । यसमा १२५ एमएम बोरको ट्याङ्क गन हुन्छ र आफै रिलोड हुन्छ । यसले फाइर कन्ट्रोल गर्दै मिसाइलमा पनि घातक आक्रमण गर्न सक्छ । 

७- पाकिस्तानी नौसेनासँग रहेको पनडुब्बी ३५० किलो मिटर सम्म जान सक्छ । यसले घातक हतियार बोक्ने क्षमता राख्छ । यसबाट २० देखि ५० किलो मिटर टाढा सम्म मार हान्न सकिन्छ । यो हतियार पनि भारत तर्सिने पाकिस्तानसँग रहेको हतियार हो ।नेपाली हेडलाइनकाे सहयाेगमा

0 comments