सार्वजनिक कार्यक्रममै अाखिर सलमानले किन रणबिरलार्इ थप्पड लगाए ?

मुम्बई । फिल्म उधोगमा सँगै काम गर्ने स्टारहरु कहिलेकाहि आपससै भिडछन् । सलमान खान र रणवीर कपुर नै किन नहुन् । रणवीरको डेब्यु पिल्म ‘सावरिया’ र त्यसपछि ‘अजब प्रेम की गजब कहानी’ मा सलमान पनि देखिएका थिए । तर, अहिले यी दुई स्टारबीचको एक किस्सा निकै प्रख्यात भएको छ । भनिन्छ, सलमानले एक पटक रणवीरलाई जोडसँग थप्पड हिर्काएका थिए । जनाइए अनुसार त्यतिबेला सलमान टिनएज थिए, जब एक रेष्टुरेष्टमा ठोक्किए । यसले सलमानलाई रिस उठ्यो र उनले रणवीरको कलर समातेर उनको गालामा थप्पड हिर्काएका थिए । जब यस विषयमा सलमानका पिता सलिम खानले थहाँ पाए, सलमानलाई लिएर ऋषि कपुर घर 

गएर माफी मागे । शाहरुखले पनि हिर्काएका थिए शिरिषलाई थप्पड 

 यो कुरा त्यतिबेलाको हो जब सञ्जय दत्तले आफ्नो फिल्म ‘अग्नीपथ’को सफलताको पार्टी दिएका थिए । उक्त पार्टीमा बलिउडका सबै हस्तीहरु उपस्थित थिए । पार्टीमा शाहरुख खान र शिरिष कुन्दर (फराह खानका पति) पनि उपस्थित रहेका थिए । यस दौरान शिरिषले शाहरुखको सामुन्ने उनको फिल्म रावनलाई लिएर केही कमेन्ट गरे । लगतै शाहरुखले उनलाई थप्पड हिर्काएका थिए । अहिले भने दुवै मिलिसकेका छन् ।दैनिक भाष्करबाट

0 comments