एन्जोलिना जोली र ब्राड पिट परिवारको हितका लागि छुट्टिदै
ब्राड पिट र एन्जोलिना जोली छुट्टिने भएका छन् । हलिवुडका चर्चित जोडीको रुपमा रहेका एन्जोलिना जोली पीट र ब्राड पीटले अलग हुने निर्णय गरेका हुन् । एन्जोलिनाले ब्राडसँग सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको उनका वकिलले बताएका छन् । एन्जोलिनाले सोमबार सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको वकिल रोबर्ट अफरले बताएका छन् ।
एन्जोलिना जोली र ब्राड पिट
परिवारको हितका लागि एन्जोलिनाले अलग हुने निर्णय गरेको अफरले बताए । एन्जोलिना यसविषयमा केही बोल्न नचाहेको र परिवारको गोपनियतालाई ख्याल गरिदिन अफरले जारी गरेको वक्तव्यमा आग्रह गरिएको छ ।
एन्जोलिना र ब्राड सन् २००४ देखि सँगै रहँदै आए पनि उनीहरुले सन् २०१४ को अगस्टमा एक निजी समारोहमा विवाह गरेका थिए । यो ब्राडको दोस्रो तथा एन्जोलिनाको तेस्रो विवाह थियो । एन्जोलिना र ब्राड सेप्टेम्बर १५ मा औपचारिक रुपमा छुट्टीले अमेरिकी वेब साइट टिएमजेडले जनाएको छ । एन्जोलिनाले आफ्ना ६ छोराछोरी आफ्नो साथमा रहनु पर्ने माग गरेकी छन् ।
ब्राडलाई उनीहरुसँग भेट्न दिने उनले बताएकी छन् । एन्जोलिना र ब्राडका ६ सन्तान छन् । त्यसमध्ये तीन जना उहीहरुले एडप्ट गरेका हुन् । हलिवुडको उदाहरणीय र मनकारी यो जोडीलाई फ्यानले ब्रान्जोलिना उपनाम दिएका छन् । अहिले फ्रान्सको एक होटलमा रहेका यी जोडीले सम्बन्ध टुट्न नदिन अन्तिम प्रयास पनि गरीरहेका छन् ।
0 comments