कोरियामा एक नेपाली रेस्टुरेन्ट व्यवसायी मृत फेला - see more
आश्विन ५, २०७३- दक्षिण कोरियामा एक नेपाली रेस्टुरेन्ट व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
लामो समयदेखि कोरियाको विभिन्न स्थानमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका संखुवासभाका मनोजकुमार डाँगी आफ्नै निवास नजिक झुण्डिएको अवस्थामा मृत फेला परेको परिवारले बताएका छन् ।
डाँगीको सोल सिन्छोनमा काठमाडौं रेस्टुरेन्ट सञ्चालनमा छ । उनी त्यहाँ केहि महिनाअघि ख्यगीदो बोसानबाट सरेका थिए । उनी रेस्टुरेन्ट नजिकै श्रीमती र २ छोरासँगै बस्दै आएका थिए ।
घटनाबारे प्रहरीले अध्ययन गरिरहेको एनआरएन आईसीसी सदस्य केपी सिटौलाले जानकारी दिएका छन् ।
डाँगी रेस्टुरेन्ट व्यवसायीका साथै सामाजिक अभियन्ता र अन्तर्राष्ट्रिय नेपाली साहित्य कोरिया च्याप्टरका अध्यक्ष हुन् । उनले गत आइतबार यहाँस्थित नेपाली राजदूतावासले आयोजना गरेको राष्ट्रिय दिवसमा ’लोकतन्त्र’ शीर्षकको कविता सुनाएका थिए ।
डाँगीको शव होङदोस्थित थुङसिङ अस्पतालको शव गृहमा राखिएको छ ।
0 comments