जिया खानको मृत्युमा नयाँ मोडः अत्महत्यामा षड्यन्त्र भएको बेलायती फोरेन्सिकको रिपोर्ट - see more
बलिउड नायिका जिया खानको तीन वर्ष पहिले आत्महत्याको विषयले अहिले नयाँ मोड लिएको छ । एक बेलायती फोरेन्सिक विशेषज्ञले भर्खरै सार्वजनिक गरेको रिपोर्टमा जियाको आत्महत्यामा षड्यन्त्र भएको बताएको छ । रिपोर्टका अनुसार जियाको गर्घन र अनुहारको निशानाले स्पष्ट बयान गर्दछ कि यो साधारण आत्महत्याको विषय होइन ।
बेलायती विशेषज्ञ ज्यासन पेन जेम्सद्वारा बनाइएको यो रिपोर्ट भारतीय विशेषज्ञको भन्दा निकै भिन्न छ । जियाकी आमा राबियाले यो रिपोर्ट बुधबार सेसन कोर्टमा पेश गर्ने सम्भावना रहेको छ ।
एक समाचार एजेन्सीका अनुसार पछिल्लो वर्षको डिसेम्बरमा जाँच एजेन्सीले सूरज पंचोलीमाथि जियाको आत्महत्याको लागि उक्साएको भन्दै आरोप लगाइएको थियो । यता जिया खानकी आमा राबिया भारतीय जाँच एजेन्सीद्वारा गरिएको जाँचसँग सन्तुष्ट थिइनन् । त्यसपछि राबियाले यूकेस्थित फोरेन्सिक हेल्थकेयर सर्विस लिमिटेड पेन–जेम्सको मदत लिएकी थिइन् ।
यो ब्रिटिश जाँच सर्भिसले जियाको मेडिकल, पोस्टमार्टम रिपोर्ट, जियाको शवको फोटो र सिसिटिभी फुटेज र सीसीटिभी फुटेज आदिको जाँच गरेका थिए ।
भारतीय फोरेन्सिक एक्सपर्ट र पेन–जेम्बसको रिपोर्टमा यस्तो छ भिन्नताः
-भारतीय फोरेन्सिक विशेषज्ञका अनुसार, जियाको अनुहार र गर्धनमा भएको निशाना फाँसी लगाएका कारण भएको बताइएको थियो । तर पेन–जेम्सको अनुसार, जियाको ओठमा भएको चोटको निशान ब्लंट फोर्स ट्रमा (मुखलाई हातले जर्बजस्ती दबाउनु) तर्फ इशारा गर्दछ । यो रिपोर्ट अनुसार, त्यो निशान सामान्य दाँतको निशान होइन ।
–स्टेट फोरेन्सिक एक्सपर्टको रिपोर्टमा भनिएको थियो कि जियाको गर्दनमा भएको निशाना गलामा साडीको कारणले हुनसक्छ । तर पेन जेम्सको अनुसार साडीले यस्तो प्रकारको निशान बनाउन सक्दैन । उनका अनुसार साडीको प्रेसरले गर्धनको चारैतर्फ यस्तो गहिरो घाउ हुनु मुश्किल छ ।
–पेन जेम्सका अनुसार जियाको बायाँ काँध, तल्लो ओठ र चिउँडोमा गहिरो घाउ लागेको थियो । साडीको फाँसीले यी ठाउँहरुमा निशाना बन्नै सक्दैन । भारतीय फोरेन्सिक एक्सपर्टसले आफ्नो काम राम्रोसँग नगरेको पेन–जेम्सले आरोप लगाएको छ । उनका अनुसार भारतीय विशेषज्ञले गरेको जाँचमा धेरै कुरालाई तोडमोड पनि गरिएको छ ।
0 comments