माइकल ज्याक्सनका १४ वर्षीय छोरा, जसले गुमनाम बन्न नाम परिवर्तन गरे - see more
स्टार माइकल ज्याक्सनको निधन भएको ७ वर्ष बितिसकेको छ। तर, उनको संगीत र उनको परिवारको विषयमा रुचि राख्नेहरूको कमी छैन, यो संसारमा।
सन् २००९ मा ज्याक्सनको निधन भएपछि उनको पुरै परिवार गुमनाम जीवन बिताउदै आइरहेका थिए। तर, ज्याक्सनका कान्छा छोरा प्रिन्स माइकल ज्याक्सन द्धितियले हालै सार्वजनिक हुने क्रममा विश्वभरि छरिएर रहेका आफ्ना स्वर्गीयवासी पिताका समर्थकहरूको ध्यान पुनः खिच्न सफल भएका छन्।
ज्याक्सनका छोरा १४ वर्षमा टेकेका छन् र उनले आफ्नो नामको न्वारन आफैले गरेका छन्। उनले अहिले आफ्नो नाम ब्ल्याङ्केट राखेका छन्। ज्याक्सनले पहिले उनको नाम बिगी राखेका थिए। बिगी बच्चा हुँदा ज्याक्सनले एउटा होटलको झयालबाट अमर्यादित रूपमा उनलाई सार्वजनिक गरेका थिए।
आफ्नो चर्चित पिता माइकल ज्याक्सनको निधन हुँदा ब्ल्याङ्केट ७ वर्षका थिए।
आफ्नो पिताले दिएको नाम बोकेर हिड्दा माइकल ज्याक्सनले उनलाई सार्वजनिक गर्दा गरेको अप्रिय घटनाको झल्को आउने भएका कारण नाम परिवर्तन गरेको बताइएको छ। उनी हाल आफ्नो ८६ वर्षिय हजुरआमा क्याथरिन ज्याक्सनको क्यालिफोर्नियास्थित घरमा दाजु र दिदीसँग बस्छन्।
माइकल ज्याक्सनका जेठा छोरा प्रिन्स माइकल जोसेफ ज्याक्सनको उमेर १९ वर्ष र छोरी पेरिस माइकल क्याथरिन ज्याक्सनको उमेर १८ वर्ष छ।
माइकल ज्याक्सनका जेठा छोरा–छोरी दुवै सोसल मिडियामा निकै सक्रिय छन्। तर, कान्छो छोराले अहिलेसम्म ट्विटर अकाउन्ट पनि खोलेका छैनन्। उनी आफ्नो पिताको ट्विटर नै प्रयोग गर्छन्।
0 comments