दिपकराज : हिन्दी फिल्म जत्तिकै हामी पनि सक्षम छौं - see more
काठमाडौं । कथानक चलचित्र ‘छक्का पञ्जा’को सफलताले फेरि एक पटक दिपकराज गिरी र दीपाश्री निरौलाको पल्ला भारी भएको छ । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ प्रदर्शनको दोस्रो हप्ता प्रवेश गर्दा पनि सिनेमा हलमा दर्शकको भिड उस्तै रहेपछि दीपाश्रीको चर्चा चुलिएको छ ।
राम्रा फिल्म बनाउने निर्देशकको सूचीमा दिपाश्रीलाई एउटै फिल्मले स्थापित गरिदिएको छ ।
आफ्नो टिमले बनाएको फिल्मप्रति दर्शक यति धेरै सकारात्मक भईदिँदा दंग छन् नायक दिपकराज गिरी पनि । ‘दर्शकले निकै माया गर्नु भयो आगामी दिनमा अझै धेरै चुनौति थपिएको महसुस् भएको छ’ दिपकराजले भने ।
फिल्मलाई दर्शकले यति धेरै माया गर्नुमा आफ्नो टिमको मेहनत नै हो भन्ने लाग्छ ।
दिपकलाई फिल्मको आलेख तयार पार्न मात्रै एक वर्ष लागेको थियो । उनी भन्छन् ‘जब फिचर फिल्म बनाउने योजना बन्यौ अरु सबै काम छाडेर यसैमा लागेँ त्यसकारण पनि सफल भएँ जस्तो लाग्छ’ उनले भने ।
टेलिश्रृङखला ‘तीतो सत्य’को क्रेज क्रमश घटन थालेछि उनी फिचर फिल्मतिर आकषिर्त भएका थिए ।
अब केही वर्ष फिचर फिल्ममै जम्ने योजना छ उनको । ‘हामीलाई हतारमा फिल्म प्रदर्शन गर्नु छैन त्यसकारण मेहनत गरेर फिल्म बनाउछौं’ दिपकले भने ‘दर्शकले भोगीरहेका यथार्थलाई समेटेर फिल्म बनाउने प्रयास गछौं’ ।
हिन्दीलाई गाली नगरौं, आफै राम्रो बनाऔं
केही चलचित्रकर्मी छन् । जो आफु राम्रो फिल्म बनाउन सक्दैनन् तर, हिन्दी फिल्मलाई गाली गर्छन् । दिपकराजको बुझाइमा यो अतिवादी शैलिवाट मुक्त हुनैपर्छ नेपाली चलचित्रकर्मी । हिन्दी होस् या अंग्रेजी कुनै पनि फिल्मलाई गाली गर्न जरुरी छैन ।
दर्शकले सधै राम्रो फिल्मलाई मन पराउने धारणा राख्ने दिपकराज आफुले राम्रो फिल्म बनाउन सके अरुलाई गाली गर्नु नपर्ने धारणा राख्छन् ।
0 comments